काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३८ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.४२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५१ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९६ करोड ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ६५ करोड ४३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यसरी संस्थाको खुद ब्याज आम्दानी ३२.४१ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४६ करोड र रिजर्भको आकार ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ४ अर्ब ७६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ८ करोड १५ लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात बढेर ४ प्रतिशत पुगेको छ ।

यस अवधिसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँबाट घटेर १ अर्ब ४६ करोड रुपैयाँमा सीमित बनेको छ । यो अवधिसम्म लाभांश क्षमता पनि ३५.७५ प्रतिशतबाट घटेर ३९.७९ प्रतिशतमा सीमित बनेको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १५.४६ रुपैयाँ,पीई रेसियो ४९.८७ गुणा,तरलता अनुपात १८९.८६ प्रतिशत,प्रतिसेयर नेटवर्थ २१६.४८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८१३.७० रुपैयाँ कायम भएको छ ।