काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ लाख ४७ हजार ५५९.९४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो। उक्स सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने कम्पनी जनाएको छ ।