काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।
कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनीले घोषणा गरेको यस लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीलाई वितरण गरिने भएको छ ।








