काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधन खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । यस बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल किन्न व्याजदरमा कर्जा दिने भएको हो ।
यस सम्बन्धमा प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन् ।
हाल बैंकले ३०१ वटै शाखाबाट नै कर्जा सुबिधा दिँदै आएको छ ।