काठमाडौं। आजदेखि कुमारी बैंकले ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुलाएको छ।
लिलामी सेयरमा संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले आवेदन दिन सकिने बैंकले जनाएको छ । सेयर खरिद गर्न न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने बैंकले बताएको छ। सेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक कुमारी क्यापिटल नक्सालमा असार ३ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।







