काठमाण्डौं। पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेप संकलन बढ्दै गएको भएपनी निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने बढ्न सकेको छैन ।जसका कारण सिडी रेसियोमा गिरावट आएको छ ।

अहिले सिडी रेसियो ८० प्रतिशत तल झरेको छ । असार ५ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । असार ४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।

गत असार ४ गते ५५ खर्ब ४५ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्बले बढेर ५५ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन भने स्थिर रहेको छ ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेको छ । निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । गत जेठ ३० गतेसम्म ५१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ३१ गतेसम्म भने ५१ खर्ब ३३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने घटेको छ । कर्जा प्रवाह १ अर्ब रुपैयाँले घट्दै ४५ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित बनेको छ । असार ४ गतेसम्म ७९.८७ प्रतिशत रहेको सीडी रेसियो घटेर ७९.८३ प्रतिशत कायम भएको छ ।