काठमाडौं । साताको चौथो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केहि समय यता शेयरबजार हेर र देखको अवस्थामा रहेको छ ।

बुधबार बजार ११.६० अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ । आज बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूहको १.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले घटेको हो ।

यसदिन, नेपाल फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँ, गुडबिल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।