काठमाडौं । आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावालाको सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा काराेबार भएकाे थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।