काठमाडौँ । विगतदेखि चर्चामा रहेको ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दर्ता गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अवस्था छ।
त्यस्तै, विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको तौल ३१९४.६६८ के.जी. भएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ। यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० समेतलाई बिगो दाबी अभियोग पत्रमा गरिएको पाइन्छ।
चिनिया नागरिक प्रतिवादी वाङ दोजेङ्गको समूहमा रही सङ्गठित भई आपराधिक समूह बनाई समूह बिचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ भने चिनिया नागरिक प्रतिवादी वाङ दोजेङ्गको समूहमा रही सङ्गठित भई आपराधिक समूह बनाई समूह बिचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको अभियोग पत्रमा लेखिएको छ।
‘अभियोग पत्रमा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिदा उनीहरू विरुद्ध सुन तस्करी, सङ्गठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता डिजिटल करेन्सी हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज नागरिकता किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोग पत्रमा गरिएको अवस्था छ।
प्रतिवादीहरू सङ्गठित भई अवैध सुन पैठारी तथा अभौतिक मुद्रा सम्बन्धी कसुर समेत गरी एकै वारदातमा एक भन्दा बढी कसुर गरेको हुँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ बराबर १ बमोजिम एकीकृत कसुर समेत गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ।
यसअघि प्रहरीले २०८० भदौमा पनि २४ जना विरुद्ध मुद्दा दायर गरेको कुरा सार्वजनिक भएको छ ।







