काठमाडौं नेपाल पुनर्बीमा कम्पनीले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।