काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा विकास बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले आज एक सूचना जारि गर्दै आर्थिक वर्ष २०८०–८१ मा कानून पालना नगर्ने र मिच्ने विकास बैंकको नाम सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकको कारवाही भोग्नेमा नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । आर्थिक वर्ष २०८०–८१ मा मात्रै सिन्धु विकास बैंक दुई पटक कारबाहीमा परेको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अनुगमनका क्रममा कारबाहीमा परेको नारायणी डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०४७ को विनियम ३ को खण्ड (क) बमोजिम संस्थालाई मिति २०८०र१०र२१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै कारबाहीमा परेको अर्को बैंक हो कर्णाली विकास बैंक जसले नियामकीय व्यवस्था बमोजिम कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको पाइएको थियो । यसपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इजाजत प्राप्त निर्देशन नम्बर १३र०८० को बुँदा नम्बर १ को उपबुँदा ३, ४ र ५ तथा इजाजत प्राप्त निर्देशन नम्बर २१र०८० को बुँदा नम्बर ७ (संशोधन समेत)मा भएको व्यवस्था बमोजिम २ हजार ५४६रुपैयाँ जरिवाना गराइएको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा ९२० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेस गरेको थियो । यस्तै त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधिभन्दा ढिला हुने गरी सार्वजनिक गरेको थियो ।

यस्तै नारायणी डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०४७ को विनियम ३ को खण्ड (क) बमोजिम संस्थालाई मिति २०८०र१०र२१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशन तथा कम्पनी ऐन, २०६३ को दफा ७६को उपदफा ९१० विपरीत हुने गरी वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न गरेको थिएन । यसबाहेक वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानुनी तथा नियामकीय व्यवस्था उलंघन गरेकाले सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जारि गरेको सुचनामा भनिएको छ ।

यसबाहेक सिन्धु विकास बैंकले २०८१ असार ११ मा पठाएको वित्तीय विवरण अनुसार सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पुँजीकोष अनुपात ६.७१ भई यस बैंकद्वारा इजाजतपत्र प्राप्त संस्थालाई जारी एकीकृत निर्देशनको इ.प्रा.न. १ मा उल्लेखित कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएको हुँदा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो ।

यस्तै सोही बैंकलाई राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको व्यवस्था विपरीत चेक खरिद गरेको, चकेलाई धितोकारुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख बराबरको सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गरेको पाइएको थियो । व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याज समेत मिनाह गरी साँवा रकम मात्र अुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेको पाइएको छ । यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरु भएको हुँदा संस्थाको अध्यक्षको हैसियतले त्यस्तो कार्य हुन नदिन प्रयास गरेको नदेखिएको थियो । सोहीकारण नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड (ग) बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकको भनाई छ ।

यस्तै एक्सेल डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा ९२० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलत तथा नाफा–नोक्सान हिसाबको विवरण ढिलो पेस गरेको थियो । यस्तै सर्वसाधारणको जानकारीका लागि तोकेको समयावधिभन्दा ढिला हुने गरी सार्वजनिक गरेको थियो । सोहीकारण बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड ९क० बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यसबाहेक बेष्ट फाइनान्स कम्पनीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९ को उपदफा ९२० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलत तथा नाफा–नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेस गरेको तथा त्यस्तो विवरणलाई विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधिभन्दा ढिला सार्वजनिक गरेको थियो । सोहीकारण राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जारि गरेको सुचनामा भनिएको छ ।