काठमाडौं। इक्रा नेपालबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले त्रिपल बी रेटिङ पाएको छ।

एजेन्सी इक्रा नेपालले कम्पनीलाई त्रिपल बी रेटिङ दिएको हो । यसअघि पनि तीनपटकसम्म निरन्तर त्रिपल बी इस्युअर रेटिङ कम्पनीले पाएको थियो ।

कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना परिसूचकहरू अझै सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ । कम्पनीको लगानी आम्दानी, नियन्त्रित आयोग र व्यय अनुपात, प्रिमियम सङ्कलनमा सुधार भएको जानकारी दिएको छ ।