काठमाडौं। संसदीय समितिले विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको छ।
चिकित्सा शिक्षा आयोगले २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेको जानकारी दिएको छ । आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) पुगेका छन् ।
उक्त २२ वटा संस्थाले नर्सिङ पढाउने चाहाका साथ सिटइभिटी पुगेका आयोगको भनाई छ । । यही साउन १९ गते इन्ट्रान्स परीक्षा हुँदैछ । त्यस समय अगावै आफूहरुले नर्सिङ पढाउने अनुमति पाउनुपर्ने ती संस्थाहरुको माग छ ।
आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले मापदण्ड पूरा गरेर अगाडि बढेका संस्थाहरुलाई सम्बन्धन दिन निर्देश गरेको हो।
‘प्रावधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदको बैठक तत्काल राखी सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन २०७५ र सो सम्बन्धी नियमावली बमोजिम आवश्यक मापदण्ड, शर्त र प्रक्रिया पुरा गरेका संस्थाहरुलाई आयोग समक्ष पेश गरी सम्बन्धन स्वीकृति गरी यसै शैक्षिक सत्रभित्र भर्ना प्रक्रिया प्रारम्भ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने’ समितिको निर्णय गररेको हो ।







