काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई नवीकरणका लागि पुनः आह्वान गरेको छ । मन्त्रालयले यस अगाडि गत असार १६ गते नवीकरण गर्न आह्वान गरेको थियो ।

उक्त समयभित्रमा ८७५ ले मात्रै नवीकरण गरेका थिए। नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरेको हो। शिक्षा मन्त्रालयबाट एक हजार ४७३ संस्थाले अनुमति लिएका छन् । ती मध्ये ८७५ वटाले मात्रै नवीकरण गरेका हुन्। बाँकी रहेका ५९८ संस्थालाई नवीकरणका लागि आह्वान गरिएको हो ।

नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई भदौ २७ गतेभित्र सानोठिमीस्थित शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आवेदन दिन भनेको हो । उक्त समयभित्र नवीकरण नहुने संस्थाहरूको अनुमति पत्र खारेज गरिने शिक्षा मन्त्रालयले जनाएको छ। यसअघि २०७३ सालदेखि नवीकरण हुन नसकेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरिएको थियो । जसमा मन्त्रालयमा दर्ता भएकामध्ये ५९८ ले नवीकरण गरेका थिएनन् ।