काठमाण्डौ। भदौ महिनाका लागि ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले भदौ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदरलाई स्थिर राखेको छ ।

बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ। साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्षसम्मका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षका लागि ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५९२५ प्रतिशत ब्याजदरको व्यवस्था बैंकले गरेको छ ।

भदौ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर दिइने बैंकले उल्लेख गरेको छ ।