काठमाडौँ। अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले लाभांश घोषणा गरेको हो।
कम्पनीको गत भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरेर कुल ९.४७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीले पाउने छन् । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २१औँ सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आगामी असोज १६ गते बुकक्लोज गर्ने भएको छ।






