काठमाडौँ । केहिदिन पहिले एक्कासी बढेको हवाई भाडा समायोजन भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा पनि घटेको बताइएको छ । परिवर्तित इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो । नयाँ दर अनुसार काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँले कम भएको छ ।
यस्तै काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घट्दा काठमाडौँ–भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँले भाडा घटाइएको छ ।
त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ ।







