काठमाडौं । सामाखुसी यातायात प्रालिले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ सालदेखी सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि सात करोडको लागतमा थप १५ बस सञ्चालनमा ल्याएको हो ।

सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्‌घाटन गरेका हुन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका अध्यक्ष प्रजापतिको भनाइ छ ।

यस्तै अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए ।

सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको छ ।