काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो। तोकिएको म्यादसम्म आंशिक मात्र आवेदन परेपछि बाँकी रहेको उक्त शेयर अब आम सर्वसाधारणमा बिक्री गर्न पुनः बिक्री खुला गरेको जनाएको छ ।

सो शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काभ्रेपलाञ्चोकको साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।