काठमाडौँ। गृह मन्त्रालयले आफ्नो मन्त्रालय मातहतका १२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधवार भएको निर्णयअनुसार मातहतका उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

मन्त्रालयका अनुसार उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको छ भने खगेन्द्र सुवेदीले धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । ललितपुरको सहायक प्रजिअमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवासकुमार लामिछानेलाई सरुवा गरिएको छ ।