काठमाडौं । गृह मन्त्रालयले एकैपटक १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई हेरफेर गरेको छ ।

योसँगै मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको समेत सरुवा गरेको छ ।

जसअनर्तगत जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ ।

यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् । यस्तै लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

डोटीका सिडियो गोपालप्रसाद अर्याल भक्तपुर तानिएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठ राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।

यता ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनेका छन् ।