काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रवार सार्वजनिक गरेको छ ।
जस अनुसार मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ। केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको जनाएको छ। अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको मौद्रिक नीतिमा उल्लेख छ ।
यथास्थितिमा आएको मौद्रिक नीतिले आगामी अर्थतन्त्रको बाटो कस्तो होला भन्ने अन्यौलता सृजना गरेको छ । विशेषगरी निजी क्षेत्रका मागहरु सम्बोधन हुन नसकेपछि मौद्रिक नीतिले आफूहरूको माग सम्बोधन गर्न नखोजेको निजी क्षेत्रको गुनासो छ । समग्रमा यथास्थितिमा आएको मौद्रिक नीतिले शेयर बजारमा कस्तो प्रभाव पार्ला भनेर आर्थिक भ्वाइसले लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियारसँग सोधेको छ ।
प्रस्तुत छ रौनियारका धारणा
पहिलो विषय त यहाँले पृष्ठभूमिमा भनेझैँ मौद्रिक नीतिमा जे जति फेरबदलको अपेक्षा राखिएको त्यो हुन सकेन । यसले हामीलाई के विषय प्रस्ट पारेको छ भने आर्थिक वर्षको पहिलो मौद्रिक नीतिमा जे जति फेरबदलको अभ्यास गरिन्छ त्यो सबै समीक्षा नीतिमा नहुने रहेछ भनेर प्रस्ट पारेको छ ।
अर्को भनेको मौद्रिक नीतिको समीक्षाले लगानीकर्ता निराश हुनुपर्ने अवस्था देखिँदैन राम्रो मौद्रिक नीतिको अपेक्षा गरेका थियौँ । तर, नराम्रो पनि भएको छैन । दोस्रो समीक्षामा केही परिवर्तन हुने सुनिएको छ । यसकारण पनि बजार लगानीकर्ता निराश हुने कारण देखिदैन् ।
स्वाभाविक रूपमा यो मौद्रिक नीतिमा माइक्रो फाइनान्समा लगाइएको १५ प्रतिशत क्यापलाई हटाउनुपर्ने सहित हाम्रो ६वटा मुख्य मागहरू थिए नै । त्यससँगै हचुवाको भरमा आएका पोलिसीहरुलाई पनि संशोधन गर्नुपर्ने हाम्रो धारणा थियो तर त्यस्तो हुन सकेन नभएकोमा पनि हामी धेरै दुखित भने छैनौ र हुनुपर्ने मुख्य कारण पनि बनेको हैन ।
मुख्यतया हामीले हेर्नुपर्ने विषय भनेको शेयर बजारका लागि व्याजरेट हो त्यो राम्रो छ । हाल बैंकहरुको ब्याजदर समेत शेयर बजारको निमित्त उपयुक्त अवस्थामा छ यत्ति हो कि यथास्थितिमा आएको मौद्रिक नीतिको कारण बजार केही दिन ओरालो लाग्न सक्छ त्यो बाहेक कुनै मुख्य कारण देखिँदैन जसले बजारलाई घटाउन सकोस् ।
आधार र अवस्थाका आधारमा बजार घट्ने ठाउँ छैन लगानीकर्तामा पैदा भएको सामान्य आक्रोशले एकदई दिन तलमाथि भए पनि अन्ततः बजार बढेर जानेमा कुनै दुई मत छैन । हाल बैंकसँग पर्याप्त मात्रामा पैसा छ , रेमिट्यान्स बढ्दो छ अन्य क्षेत्रको कारोबार त्यति चलायमान हुन सकेको छैन । बजारमा पनि बिस्तारै मनोबल बढ्दै गएको देखिन्छ यी सबै सबै कारण पनि बजार बढ्नेमा कुनै शंका देखिदैन् ।
शिखर इन्स्योरेन्सको अधिकांश सूचक शीर्ष स्थानमा, हरेक वर्ष मजबुत बन्दै वित्तीय अवस्था