काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ङादी ग्रुप पावरको हकप्रद र नेसनल लघुवित्तको बोनस सेयर मूल्य समायोजन भएको छ।

जस अनुसार ङादी ग्रुपको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। सोमबार अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो।

समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ । अब (भोली) मंगलवार उक्त भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ। त्यस्तै, नेसनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ। सोमबारको अन्तिम कारोबार मूल्य १५ सय ४९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो।

समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य १३ सय ५५ रुपैयाँ ८० पैसा कायम भएको छ। मंगलबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।