काठमाडौं । साङ्गे विद्युत कम्पनीले हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज असार १९ देखि हकप्रद शेयर विक्री गर्ने भएको हाे ।

कम्पनीको जेठ २८ गतेको सञ्चालक समितिको निर्णय बमोजिम प्रतिकित्ता ५० रुपैयाँका दरले १ बराबर ८ को अनुपातमा २३ लाख ६८ हजार १२२ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने जनाएको छ ।

शेयरधनीहरूले साउन २२ गतेभित्र प्रतिशेयर ५० रुपैयाँका दरले हुन आउने रकम जम्मा गरी सोको बैंक भौचर दरखास्त फारम साथ संलग्न गर्न कम्पनीले भनेको छ । हकप्रद बापतको रकम प्राइम कमर्सियल बैंक लिमिटेडको न्यूप्लाजा, काठमाडौंमा जम्मा गर्नुपर्नेछ ।

हाल कम्पनीको प्रतिकित्ता शेयरको दर ५० रुपैयाँ कायम भइसकेकाले आफ्नो शेयर संख्यालाई २ गुणा गरी हकप्रद भर्न कम्पनीले आग्रह गरेको छ ।

हकप्रद शेयर प्रयोजनका लागि असार ११ देखि १८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द गरेको छ ।