काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादरमा ३ प्रतिशतले वृद्धि गरेको छ । एक सुचना जारी गर्दै यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी गराएको हो ।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागको सुचनामा उल्लेख गरिएको छ ।