काठमाडौं । नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारेबार भएको थियो ।