काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्सले यही गत पुस मसान्तसम्मको दाबीका लागि निवेदन दिएका बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ।

इन्सोरेन्स कम्पनीले बीमितले विभिन्न समयमा दाबीका लागि निवेदन दिएको तर आवश्यक कागजात पेश नभएको र बीमित सम्पर्कमा समेत नआएको भन्दै ३० दिनभित्र अपुग कागजात सहित सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै ३० दिनभित्र पनि बीमित कागजात सहित सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको बीमा फाइल बन्द गरिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।