काठमाडौँ । भूमिसम्बन्धी अध्यादेशका अन्तर्वस्तु परिमार्जन गर्न कार्यदल बनाइने भएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले अध्यादेशको अन्तरवस्तु परिमार्जनका लागि कार्यदल बनाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले जानकारी दिइन् ।

कार्यदलमा सत्तारुढ सात दलबाट एकरएक जना सदस्य रहने सहमति पनि बनेको चौधरीले बताइन् । भूमिसम्बन्धी अध्यादेश लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने निर्णय गरेका छन् । अध्यादेशमा थप छलफल गरेर उनीहरूका माग सच्याउन कार्यदल बनाउने सहमति भएको हो ।