काठमाडौँ । नविल बैंकले आफ्नो ग्राहकलाई सूचना प्रकाशित गर्दै आफ्नो सेवामा समस्या आउने विषयमा जानकारी दिएको छ । बैंकको कार्ड स्विच प्रणाली मर्मत हुने भएपछि कार्ड सेवाहरू अवरुद्ध हुने बैंकले जनाएको छ ।

बैंकले (आज) सोमबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने विषयमा जानकारी दिएको छ । बैंकले प्रकाशन गरेको सूचना अनुसार भोलि (मङ्गलवार) बिहान ५० मिनेट (बिहान ५:४५ देखि ६ः३५) सम्म बैंकको कार्ड स्विच प्रणाली मर्मत हुने जनाएको छ।

साथै, केही समय सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्ने असुविधाप्रति बैंकले क्षमा समेत माग्दै उक्त समयमा सेवा दिन नसक्ने सूचना मार्फत जनाएको छ ।