काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनस दर घोषणा गरेको छ।
कम्पनीले बीमितलाई प्रति वर्ष प्रति हजारमा अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ। गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP, PSB & PSW) ९ वर्षे अवधिका लागि २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ६३ रुपैयाँ बोनस दर कायम गरेको छ।
कम्पनीले २४ वटै बीमालेखको प्लान कोड र बीमा अवधि अनुसार प्रति हजार बीमाङ्कमा बोनस दर निर्धारण गरेको छ। जसमा बीमालेख र बीमा अवधिअनुसार न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
नयाँ बोनसदर अनुसार सावधिक बीमालेखमा बीमा अवधिअनुसार २६ रुपैयाँदेखि ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।
यस्तै सावधिक तथा आजीवन बीमालेख (पीजेएस) अन्तर्गत ९ वर्षे अवधिका लागि ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ बोनस दर निर्धारण गरेको छ।








