काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले दुई जना संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको ३ लाख २७ हजार १०८.१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्। संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।







