काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। जेठ १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साउदलाई उक्त पदमा सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको हो ।

साउद विसं २०७९ जेठ ३० गतेदेखि कम्पनीको सञ्चालकको रूपमा रहँदै आएका छन् । उनले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आइरहेका थिए।

साथै सोही दिनको बैठकले रिक्त रहेको सञ्चालक पदमा समता पन्तलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ । उनी संस्थापक शेयर धनी नेपाल बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा मनोनयन भएकी हुन् ।