काठमाडौं।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालक मनोनयन भएका थिए ।