काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भोली मङ्गलवार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई ह्विप जारी गरेको छ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौलाले ह्विप जारी गर्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
‘नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ।’ बर्तौलाले भनेका छन् ।
सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको छलफल सकेर मङ्गलवार पारित गर्ने तयारी गरेको छ। विपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधका बिच प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकिएको छ। मङ्गलवार अर्थमन्त्रीले जवाफ दिने र पारित गर्ने सरकारको तयारी छ।







