काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।
सभामुख देवराज घिमिरेले ‘विनियोजन विधेयक २०८’ बहुमतले पारित भएको घोषणा गरेका थिए । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गतको दफावार छलफल सम्पन्न भएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएका थिए ।
विभिन्न मन्त्रालयका लागि विनियोजनमा सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए त्यो भने बहुमतले अस्वीकृत गरेका छन् । खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।
अर्थमन्त्री पौडेलले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । बजेट पारित समयमा रास्वपा र राप्रपा भने अनुपस्थित रहेका भएका छन् ।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू भने अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएका उनीहरूले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् ।







