काठमाडौँ । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले चार अर्ब १६ करोड २३ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ महिनामा १४ जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन्।

गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा कम्पनीको शुल्क आर्जन २४ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीहरूले गत आवको सोही अवधिमा तीन अर्ब ३३ करोड ४१ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए।

बीमा प्राधिकरणको तथ्यांक अनुसार जेष्ठ महिनामा समेत नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाको बीमा व्यवसाय गत आवको तुलनामा वृद्धि भएको छ भने, तीन कम्पनीको सामान्य अंकले घटेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ८३.६१ प्रतिशतले वृद्धि भएको छ। नयाँ व्यवसाय आर्जनमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले गत महिनाको तुलनामा ७९.६९ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

जेष्ठ महिनामा नेशनल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन ४२.८८ प्रतिशत, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ४०.१६ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ३३.४४ प्रतिशत, मेट लाइफ इन्स्योरेन्सको ३२.७७ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २२.८० प्रतिशतले प्रथम बीमा शुल्क आर्जन वृद्धि भएको छ ।
                                   

                                              तालिकामा हेर्नुहोस्

    All Life Insurance First Premium Collection F/Y 2081/082                  

(Rs. In Lakh)
S.N.Company NameJesth 2082Jesth 2081Difference
1Rastriya Jeevan Beema Company538.39293.2383.61
2Prabhu Mahalaxmi Life Insurance1797.991000.6179.69
3IME Life Insurance2522.211471.8571.36
4National Life Insurance6289.584401.8742.88
5Surya Jyoti Life Insurance3251.232319.6840.16
6Nepal Life Insurance11109.568325.3333.44
7Met Life Insurance1482.711116.7532.77
8Reliable Nepal Life Insurance1709.861392.4322.80
9Citizen Life Insurance2056.191695.1821.30
10Asian Life Insurance2175.701826.7619.10
11Himalayan Life2590.972305.9812.36
12Sanima Reliance Life Insurance1786.711829.16-2.32
13Sun Nepal Life Insurance1597.431791.06-10.81
14Life Insurance Corporation2714.693571.91-24.00
Total41623.2233341.8024.84