काठमाडौँ  । सडक विभागले लामो समयदेखि अघि नबढेका ठेक्काहरू तोड्ने प्रक्रिया सुरु गरेको छ। विभागका अनुसार देशभरका विभिन्न सडक डिभिजन र योजना कार्यालयमार्फत सम्पन्न हुन नसकेका २ सय २९ वटा सडक तथा पुलका ठेक्कालाई रुग्ण ठेक्काको सूचीमा राखिएको छ।

हाल सडक डिभिजन र योजना कार्यालयहरूले एकपछि अर्को गर्दै ठेक्का तोड्ने तयारीस्वरूप निर्माण व्यवसायीहरूलाई १५ दिनको म्याद दिँदै सार्वजनिक सूचना जारी गरिरहेका छन्। सो अवधिमा ठेक्का धारकले काम किन अघि बढाएनन् भन्ने स्पष्टीकरण पेस गर्न भनिएको छ।

सूचना सार्वजनिक भएपछि केही निर्माण व्यवसायीहरूले सम्पर्क गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् भने कतिपय अझै सम्पर्कमा आएका छैनन्। सडक विभागका अनुसार सबैभन्दा बढी रुग्ण ठेक्का सडक डिभिजन काठमाडौंअन्तर्गत परेका छन्, जसको संख्या ५७ छ। १५ दिनको समय दिइएका ती ठेक्कामध्ये हालसम्म ४९ वटा ठेक्काको अवधि सकिएको र तीमध्ये केही व्यवसायीहरूले काम ढिलो हुनाका कारण पेस गरेकाले अध्ययन भइरहेको विभागले जनाएको छ।

विभागको तथ्यांकअनुसार, सडक डिभिजन तुम्लिङटारअन्तर्गत १७ र सडक डिभिजन डोटीअन्तर्गत १५ ठेक्का तोड्ने तयारीमा छन्। सडक विभागका अधिकारीहरूका अनुसार काम नगर्ने वा समयमै सम्पर्कमा नआउने ठेकेदारका ठेक्का तोड्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

क्रमसंख्याकार्यालयको नामठेक्काको संख्या
सडक डिभिजन, डोटी१५
सडक डिभिजन, चन्द्रनिगाहपुर
सडक डिभिजन, नुवाकोट
इटहरी हुलाकी योजना कार्यालय
सडक डिभिजन, लहान
सडक डिभिजन, विराटनगर
पुल सेक्टर, नेपालगन्ज
सडक डिभिजन, धनकुटा
सडक डिभिजन, हर्कपुर
१०सडक डिभिजन, जनकपुर२१
११सडक डिभिजन, पाल्पा
१२सडक डिभिजन, दमौली
१३सडक डिभिजन, पोखरा
१४गोरखा सडक योजना
१५सडक डिभिजन, साँफेबगर
१६सडक डिभिजन, काठमाडौं५७
१७सडक डिभिजन, इलाम१२
१८सडक डिभिजन, तुम्लिङटार१७
१९सडक डिभिजन, नेपालगन्ज
२०सडक डिभिजन, सुर्खेत
২১सडक डिभिजन, हेटौंडा
२२सडक डिभिजन, बुटवल
२३मध्यपहाडी राजमार्ग योजना कार्यालय, रामेछाप
२४सडक डिभिजन, भरतपुर
२५पुल सेक्टर, पोखरा
২৬मध्यपहाडी राजमार्ग योजना कार्यालय, गोरखा
२७सडक डिभिजन, प्यूठान
२८सडक डिभिजन, जुम्ला
२९मदनभण्डारी राजमार्ग योजना कार्यालय, तम्घास
३०हुलाकी योजना कार्यालय, कपिलवस्तु
३१हुलाकी योजना कार्यालय, धनगढी
३२मध्यपहाडी राजमार्ग योजना कार्यालय, पर्वत
३३सडक डिभिजन, चरिकोट
३४मध्यपहाडी राजमार्ग योजना कार्यालय, दैलेख
३५मध्यपहाडी राजमार्ग योजना कार्यालय, पाँचथर
३६सस्पेन्सन ब्रिज डिभिजन, ललितपुर
३७बबई सिँचाइ आयोजना
३८सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुर१२