काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
आर्थिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको नाफासमेत जोड्दा निगमको सञ्चित नाफा १७ अर्ब ३१ करोड रुपैयाँ पुगेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए।
बुधबार सम्पन्न साधारणसभाबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरिएको छ।
आवश्यकता भन्दा बढी होल्ड नगरौँ, ग्यासको अभाव छैन : प्रवक्ता ठाकुर
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको निगमले जानकारी दिएको छ। जसअनुसार नेपाल सरकारले मात्रै करिब १ अर्ब रुपैयाँभन्दा बढी लाभांश पाउने छ।
सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा सभाका अध्यक्ष डा. रामप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उतारचढाव र विदेशी विनिमय दरको चुनौतीका बाबजुद निगमले वित्तीय अनुशासन, आपूर्ति व्यवस्थापन तथा भण्डारण पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति गरेको बताए।
साथै समय सापेक्ष व्यापार विविधीकरण र जाशक्ति व्यवस्थापनमा ध्यान ध्यान दिन उनले निर्देशन दिए। निगमले आगामी दिनमा आपूर्ति प्रणाली थप सुदृढ बनाउँदै उपभोक्तालाई सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।







