काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन्स बैंक इन्टरनेसनलको बोनस शेयर थपिएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वितरण गरेको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
बैंकको सो अनुपातअनुसार ७३ लाख ८४ हजार ५०६ कित्ता शेयर सूचीकृत गरिएको छ। यसपछि बैंकको कुल सूचीकृत शेयर संख्या १५ करोड ५० लाख ७४ हजार ६३८ कित्ता पुगेको छ।
सूचीकृत गरिएको उक्त बोनस शेयर दोस्रो बजारमा भोलिदेखि नै किनबेच गर्न सकिने नेप्सेले जनाएको छ।







