काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)को बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले काठमाडौंस्थित होटल मार्कोपोलोमा आज बिहान शेयर बाँडफाँट गरेको हो।

कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा कुल २७ लाख २३ हजार ९१४ जनाबाट आवेदन परेकोमा २५ लाख ३७ हजार ३०१ आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

सदर आवेदनमध्ये गोलाप्रथा विधिबाट १ लाख १८ हजार २६ जना आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। मागभन्दा धेरै आवेदन परेकाले बाँकी आवेदक भने शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।

आईपीओको नतिजा नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाईट  https://www.prabhucapital.com/ipo-allotment, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र  सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ