काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हाे ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको काठमाण्डौ लाजिम्पाटस्थित सेयर शाखामा दिनुपर्नेछ ।