काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्थाले ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
लघुवित्तले आफ्ना ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सो शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा ३५ दिनभित्र निवेदन पेश गर्नुपर्ने लघुवित्तले जनाएको छ ।
तोकिएको समयभित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिद गर्न आवेदन प्राप्त नभएको खण्डमा कम्पनीले उक्त शेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिने जनाएको छ।






