काठमाडौँ। ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारीमा जुटेको छ ।
आइपिओ जारी गर्ने प्रस्ताव सहित कम्पनीले चैत ७ गते १२औँ वार्षिक साधारण सभा डाकेको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौँमा अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो।
सभाले आइपिओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्ने प्रस्ताव राखेको छ । कम्पनीको पुँजी संरचना परिवर्तन सम्बन्धी प्रस्ताव समेत सभाका लागि तय भएको जनाएको छ।
साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउने जनाएको छ ।







