काठमाडौँ । विद्यमान कानुन र संरचनाबाट सरकारले सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्र्याकबाट कानुन बनाउने सरकारले निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको सिंहदरबारमा मन्त्रिपरिषद् बैकमा सहकारीको समस्याबारे छलफल भएको थियो। नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भन्नेमा मन्त्रिपरिषद् एकमत देखिएको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

विद्यमान कानुनबाट पनि सम्भव छैन, विद्यमान संरचनाबाट पनि सम्भव छैन । त्यसकारण छिटोभन्दा छिटो कानुन व्यवस्था गर्नुपर्छ ।’फास्ट ट्र्याकबाट कानुन बनाउने र आवश्यक पर्‍यो भने छुट्टै संरचना पनि बनाएर सहकारीको समस्या सम्बोधन गर्नुपर्छ भनेर छलफल भएको शर्माको। भनाई छ ।

सम्बन्धित मन्त्रालयबाट वर्क आउट गरेर अगाडि बढाउँछौँ ।’सरकारले डढेलो र आगलागी र यसबाट भइरहेको क्षति न्यूनीकरणमा क्रियाशील हुन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

‘डढेलो र आगलागी भएर जनधनको क्षति भएको छ, त्यो विषयमा छलफल भयो’, उनले भनिन्, ‘आगलागी र डढेलोको कारण भइरहेको क्षति न्युनिकण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ ।’