काठमाडौँ । पोखराको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम परिसरमा सहकारी पीडितले नाराबाजी गरेका छन्।
सहकारी पीडितले नाराबाजी सहित अगाडि बढेपछि प्रहरीले नियन्त्रण गरेको छ । प्रहरीको अवरोध हुन थालेपछि सहकारी पीडित र प्रहरीबिच झडपसमेत भएको छ।
अहिले प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ। पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड पोखरा आएका छन् ।
सहकारपीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा देखाएर विरोध गरेका छन् । कार्यक्रम स्थल पोखरा सभागृहको गेटमा प्रदर्शन भएको हो ।







