काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने समयमा प्रयोग गरेको झोला गाँजाले बनेको खुलासा गरेका छन् ।

प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्‍यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’

मन्त्री पुनले अप्रत्यक्ष रूपमा गाउँ गाउँमा गाँजा खेती हुने सामान्य भएको भन्दै ‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गर्नलाई आग्रह गरेका थिए । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जाउँला,’अर्थमन्त्री पुनले भने ।