काठमाडौँ । नयाँ चरणको आर्थिक सुधारमा सरकार केन्द्रित रहेको अर्थमन्त्री वर्षमान पुनले बताए ।
‘हामी नयाँ नयाँ चरणको आर्थिक सुधारको यात्रामा छौ ,यसका लागि राजनीतिक नेतृत्व स्पष्ट छ’ मन्त्री पुनले भने ।
आज काठमाडौँ आयोजित एक कार्यक्रममा मन्त्री पुनले भने-तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? भन्ने कुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्नेमा हामी तत्पर छौ ।
साथै स्वदेशमै रोजगारको अवसर बनाउन सके अधिकांश नेपालीहरू स्वदेशमै काम गर्ने वातावरण बन्ने उनको भनाई छ । ‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौँ । मन्त्री पुनले भने







