काठमाडौँ । आगामी वर्षको प्रस्तुत बजेटमा असन्तुष्टि जनाउँदै  विरोधमा उत्रिएका मेल्टिङ उद्योगीलाई अर्थमन्त्री वर्षमान पुनले भेटेर छलफल गर्ने भएका छन् ।

गत मंगलवार प्रस्तुत बजेटमार्फत स्पञ्ज आइरनको कर बढेसँगै मेल्टिङ उद्योगीहरू विरोधमा उत्रिएका छन् । उनीहरूको विषय सुन्न र आवश्यक छलफल गर्न भन्दै मन्त्री पुनले आज दिउँसो ४ बजे मन्त्रालयमा उद्योगीहरूलाई भेट्न कार्यक्रम तय भएको छ ।

३ वर्षअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनको भन्सार दर शून्यमा झारेका थिए । त्यसयता स्पञ्ज पगालेर रड बनाउने उद्योगको सङ्ख्या बढेर १८ पुगिसकेको छ । यी उद्योगमा ३६ अर्बभन्दा बढीको लगानी भइसकेको उद्योगीहरूको भनाई छ।