काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खराब सहकारीलाई छानबिन गरी कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारले नीति नै बनाएको बताएका छन्।
आज प्रतिनिधि सभा बैठकमा विनियोजित मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सहकारीका अहिले देखिएको विचलनले सबै सहकारी एकै हुन् भन्ने भ्रम सृजना गरेको बताएका छन् ।
उनले पछिल्लो समय सहकारीमा देखिएका बेथितिहरू सहकारीको मर्म भावना र उद्देश्य अनुरूप काम नगरेर व्यापारको रूपमा काम गरेको विषयलाई मध्यनजर गर्दै एक व्यक्ति एक सहकारी सदस्य रहने कानुनी व्यवस्था गरेको जानकारी दिए।
मन्त्री अधिकारीले केन्द्र सरकारसँग देशभर १ सय ४५ र २७ सय बढी सहकारी प्रदेशमा तथा बाँकी स्थानीय तहमा दर्ता रहेको बताए ।