काठमाडौँ । पछिल्लो समयमा निरन्तर रूपमा सुस्ताएको घरजग्गा कारोबारले मौद्रिक नीतिको व्यग्र अपेक्षा र प्रतीक्षा गरिरहेको जानकारहरूको भनाइ छ। मौद्रिक नीतिले करिब दुई वर्षदेखिको ‘डेडलक’ अन्त्य गर्न सक्ने सम्भावना राखिएको घरजग्गा व्यवसायीले आकलन गर्दै आएका थिए ।

तर चालु आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा व्यवसायीहरूको उक्त अपेक्षा र मागलाई उपेक्षा गरेको उनीहरूको भनाई छ । व्यवसायीले अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रलाई मौद्रिक नीतिले समेट्न नसकेको आरोप लगाएका छन्।

नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष समेत रहेको भेषराज लोहनीले आर्थिक भ्वाईससँग कुराकानी गर्दै मौद्रिक नीतिले मुख्यतया यस क्षेत्रको मागलाई चासोका साथ हेर्न नसकेको आरोप लगाएका छन् ।

व्यवसायीहरूले घरजग्गा व्यवसायीहरूका माग सम्बोधन गर्दा विगतमा जस्तै घरजग्गा कारोबारभित्र विकृति आउँछ भन्ने भ्रममा राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गर्न नसकेको उनको आरोप छ।

‘घरजग्गामा धेरै ठुलो लगानी रहेको छ। घरजग्गा कारोबारलाई चलायमान बनाउनको लागि राष्ट्र बैंकले व्यवसायीहरूका मागलाई सम्बोधन गर्नुपर्ने थियो तर त्यस्तो हुन सकेन सामान्य रूपमा समावेश भएका कुराहरूले घरजग्गालाई चलायमान बनाउन सक्दैन यो विडम्बना भयो उनले भने ।

लोहनीले घरजग्गा कारोबारमा खुकुलो नीति बनाउँदा पहिलाको जस्तै घरजग्गामा बुम ल्याउँदा र विकृति ल्याउने राष्ट्रबैंकको सोच्नु गलत भएको स्पष्ट पारेका छन् । धेरै ठुलो पुँजी घरजग्गा कारोबारमा अड्किएको छ मौद्रिक नीतिले सहजिकरण गर्छ भन्ने अपेक्षा राखेका थियौ तर त्यस्तो हुन सकेन ।

समग्र मौद्रिक नीतिमा समावेश गरेका व्यवस्थाहरूले घरजग्गा कारोबारमा सुधार हुने अवस्था देखिए पनि घरजग्गा कारोबारलाई मात्रै प्राथमिकता राखेर मौद्रिक नीति आएन यो हाम्रो लागी दुखद हो लोहनीले भने।

अहिले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रको माहौल ठिक छैन, वा बिस्तारै ठिक हुने लयमा गएको छ तर हामी समस्यामुक्त छैनौ। बाह्य क्षेत्रमा केही प्रगति भएको देखिए पनि आन्तरिक अर्थतन्त्रमा फिटिक्कै सुधार भएको छैन । यही अवस्था लम्बिने हो भने चाँडो सुधार हुने छाँट पनि देखिँदैन उनले भने ।

घरजग्गा कारोबार र उत्पादन क्षेत्रलाई केन्द्रित गरेर मौद्रिक नीति आउने व्यापक चर्चा नभएको होइन घर जग्गा कर्जाको सीमा बढाउने तयारी भइरहेको बारेमा सञ्चारमाध्यममा समाचार पटक पटक आएको हो तर वास्तवमा त्यस्तो हुन सकेन । लोहनीले पीडा मिश्रित भावमा दुखेसो पोखे ।

जनरल रूपमा मौद्रिक नीति स्वागत योग्य देखिएपनी प्रतिकुलर रूपमा भने घरजग्गा कारोबारको समस्यालाई सम्बोधन गर्नेगरी आएको मान्न सकिने अवस्था छैन । सामान्यतया केही सकारात्मक रूपमा धेरथोर प्रभाव त देखिएला अन्य क्षेत्रको सम्बोधन गर्दै गर्दा त्यसको सकारात्मक प्रभाव पर्न आउने विषय अर्के हो यर्थाथमा घरजग्गाको कारोबारका विषयमा मौद्रिक नीतिमा कहीँ एउटा बुँदा समेत समेटिएको अवस्था छैन ।

हामीले लोनको भ्यालु रेसियो र कर्जा आम्दानीको अनुपातलाई बढाउनुपर्छ भनेर पटक पटक माग राखिएको हो । तर यी सबै कुराको सुनुवाइ हुन सकेन यसले घरजग्गाको कारोबारका थप निराशा ल्याउँछ भन्ने हाम्रो बुझाई हो यसलाई तत्काल सम्बोधन गर्ने स्थिति नभएपनी निकट भविष्यमा यसको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो माग हो उनले आफ्नो भनाइमा थप स्पष्ट पार्दै सुनाए ।